बागमती प्रदेशसभाको अधिवेशन आज मध्यरातदेखि अन्त्य
२३ आश्विन २०८०, मंगलवार २०:१३
बागमती प्रदेश सभा बैठकको अधिवेशन आज मध्यरातदेखि अन्त्य हुँदै छ ।
बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश सभाको १२औं वर्षे अधिवेशन बैठक आज मध्यराति १२ बजेदेखि अन्त्य गरेका हुन् ।
मन्त्रिपरिषदबाट आज पारित भई आएअनुसार, प्रदेश प्रमुख शर्माले संविधानको प्रक्रिया पूरा गरी प्रदेशसभाको बैठक अन्त्य गरेको प्रदेश प्रमुखको सचिवालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिए ।
बागमती प्रदेश सभाको पहिलो बैठक २०७९ पुस १८ गते बसेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया