दैलेखमा गोरुले हानेर एक जनाको ज्यान गयो
२३ आश्विन २०८०, मंगलवार ०७:२१
दैलेख – दैलेखमा गोरुले हानेर एक जनाको ज्यान गएको छ ।
गोरुले हानेर भैरवी गाउँपालिका(३ कुराँहका ५२ वर्षीय रञ्जित कामीको ज्यान गएको हो ।
गोरुले पटक पटक हानेपछि उहाँको घटनास्थलमै ज्यान गएको प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायब उपरीक्षक डीएसपी किशोर लम्सालले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया