सर्वदलीय बैठक इजरायलमा रहेका नेपालीको उद्धार गर्न सरकारलाई सुझाव
२२ आश्विन २०८०, सोमबार २२:५९
संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूले छिटोभन्दा छिटो इजरायलमा रहेका नेपालीहरूको उद्धारमा लाग्न सरकारलाई सुझाव दिएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा उपस्थित राजनीतिक दलका नेताहरूले इजरायलमा अलपत्र नेपालीहरूलाई सुरक्षित स्थानमा लैजानका लागि सुझाव दिएका हुन्।
सत्तारुढ नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार बैठकमा सरकारका तर्फबाट प्रधानमन्त्री प्रचण्डले तदरुकताका साथ काम गर्ने प्रतिवद्धता जनाएको बताए।
सरकारले तदारुकताका साथ काम गर्ने प्रतिवद्धता जनाएको छ। सबै नेपालीलाई सुरक्षित राख्ने र जोखिममुक्त बनाउन सरकारले कदम अघि बढाएको जानकारी भएको छ,’ लेखकले बैठकपछि सञ्चारकर्मीसँग भने।
उनका अनुसार इजरायलबाट फर्कन चाहने नेपालीका लागि जहाज पनि तयारी अवस्थामा रहेकोबारे प्रधानमन्त्रीले बैठकमा ब्रिफिङ गरेका थिए।
बैठकमा दलका नेताहरुले सरकारलाई निर्णयहरुलाई छिटो कार्यान्वयनमा लैजान आग्रह गरेको नेकपा माओवादीका संसदीय दलका मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिए ।
दलका नेताहरुले आधिकारिक ठाउँबाट सही सूचना सम्प्रशेण गर्न अनुरोध गर्नुभयो,’ उनले सञ्चारकर्मीसँग भने ।
माओवादीका सचेतक पाण्डले सर्वदलीय बैठकले १० जना नेपालीको निधन हुने गरी भएको इजरायलका घटनामा सबै देश र पार्टी एकै ठाउँमा छ छन् भन्ने सन्देश दिएको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया