मापदण्ड भन्दा बढी प्रदूषण गर्ने सवारी साधनलाई महानगरले कारवाही गर्ने – Nagarikabhiyan : National News

मापदण्ड भन्दा बढी प्रदूषण गर्ने सवारी साधनलाई महानगरले कारवाही गर्ने

२१ असोज काठमाडौं –काठमाडौं महानगरपालिकाले मापदण्डभन्दा बढी प्रदूषण गर्ने सवारी साधनलाई कारवाही गर्ने भएको छ ।
चेकजाँचका क्रममा नेपाल सरकारले तोकेको मापदण्डभन्दा बढी धुवाँजन्य प्रदूषण गर्ने सवारीलाई कारवाही गरिने महानगरले जनाएको छ ।

काठमाडौं महानगरभित्रका सडकमा मापदण्डभन्दा बढी प्रदूषण गर्ने सवारी साधन सञ्चालनमा रहेको जनगुनासो आएपछि वायु प्रदूषण चेकजाँच गरेर कारबाही गर्ने जानकारी महानगरले सूचनामार्फत गरेको हो ।

वायु प्रदूषणका मुख्य कारकहरुमध्ये सवारी साधनबाट उत्सर्जन हुने धुवाँ प्रमुख कारक रहेकोले आगामी दिनहरुमा काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्र भएर गुड्ने सवारी साधनहरुको वायु प्रदूषण चेकजाँच गर्ने र मापदण्ड विपरीत गुड्ने सवारी साधनलाई कारबाही गरिनेछ, सूचनामा भनिएको छ ।