तुइन चुडिएर कर्णाली नदीमा खस्दा एकजना बेपत्ता
२१ आश्विन २०८०, आईतवार ०८:२६
सुर्खेत-हुम्लामा तुइन तर्ने क्रममा कर्णाली नदीमा खसेर एक जना बेपत्ता भएका छन् ।
हुम्लाको सर्केगाड गाउँपालिका(२ रिपस्थित ल्याप्चे घाटबाट मुगुको सोरु गाउँपालिका ५ नेर गाउँका ३८ वर्षीय मकरसिंह नेपाली बेपत्ता भएका हुन् ।
उनी कर्णाली करिडोरको ग्युसी(छारे खण्डमा मजदुरको रुपमा काम गर्दै आएका थिए ।
शनिबार काम सकेर बासस्थानतिर जाँदै गर्दा तुइनबाट खसेर उनी बेपत्ता भएको सूचना आएकाले खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया