काठमाडौंलाई तराईसंग जोडने पुरानो भैसे–भीमफेदी सडक २० मिटरको बनाइने – Nagarikabhiyan : National News

काठमाडौंलाई तराईसंग जोडने पुरानो भैसे–भीमफेदी सडक २० मिटरको बनाइने

मकवानपुर । काठमाडौं–कुलेखानी–हेटौंडा मदन भण्डारी मार्ग अन्तर्गतको भैसे–भीमफेदी सडकको स्तरोन्नति हुने भएको छ । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले स्तरोन्नति कार्यको शुभारम्भ गर्नु भएको छ ।कार्यक्रममा मन्त्री फुयालले स्तरोन्नति कार्य तोकिएको समयमा नै सम्पन्न हुने विश्वास दिलाउनु भएको छ । तत्कालीन राणाकालमा काठमाडौंबाट चित्लाङ्हुँदै भीमफेदी भएर तराई आउने मूलबाटोको रुपमा रहेको सो सडकको कूल ३८ करोड ७८ लाख ८ सय ९७ रुपैयाको लागतमा करिब ११ दशमलब ५ किलोमिटर सडकको हाल कायम रहेको सडकको केन्द्रबिन्दूबाट दायाँबायाँ १०-१० मिटर चौडाई बनाईने भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले बताउनु भयो ।

स्तरोन्नति गरिने क्षेत्रमा केही निजी घरटहरा पनि रहेकोले त्यसको व्यवस्थापन गर्दै निर्माण कार्य गरिने अध्यक्ष लामाले बताउनु भएको छ । आगामी २०७९ सालको असार मसान्त सम्म स्तरोन्नति कार्य सम्पन्न गर्ने गरी आशिष÷डिएस जेभी ठेकेदार कम्पनीले निर्माण कार्यको जिम्मा लिएको छ । हाल सो सडक हुँदै साना तथा मझौला सवारी साधनहरु सञ्चालनमा रहेका छन् ।