जुम्लाका एमाले नेता शाहीमाथि नाता पर्ने नाबालिक छोरीलाई करणी प्रयासको आरोप
१८ आश्विन २०८०, बिहीबार १५:५०
जुम्ला :राजनीति भनेको समाज परिवर्तन गर्ने क्षेत्र हो। समाजमा भएका अन्याय अत्याचारविरुद्ध आवाज उठाउने क्षेत्र पनि राजनीति।
अझै कम्युनिष्ट पार्टीले त समाजमा भएका अन्याय अत्याचार, रूढीवादी, जातीय विभेद, लैंगिक विभेद, भौगोलिक विभेदविरुद्ध लड्ने उद्घोष गर्दै आएका छन्।
नेपालको संघीय संसदमा दोस्रो ठूलो दल अझ कम्युनिष्टको पहिलो ठूलो दल नेकपा एमालेका नेताबाट गाउँघरमा छोरीबहिनीहरू यौन हिंसामा परेका छन् भनेको सुन्दा कस्तो लाग्लारु न्याय दिन अन्याय अत्याचारको अन्त्य गर्न भन्दै राजनीतिमा लागेका नेता अझ नातामा छोरी पर्ने बहिनीहरूमाथि यौनहिंसा र बलात्कार गर्दै हिँडेको सुन्नुपरेमा कस्तो लाग्लारु राजनीतिको आडमा छोरी बहिनीहरूमाथि यौनहिंसा गर्दै अझ समाजमा जान्ने बुझ्ने कहलाउँछ भने त्यसले समाज कस्तो बनाउलारु राजनीति कस्तो होलारु जुन कुरा कल्पना गर्नै नसकिने विषय हो।
तर यहाँ घटनाले यस्तै पुष्टि गरेको छ। तातोपानी गाउँपालिका(८ का सुरतबहादुर शाही नेकपा एमालेका युवाको रूपमा जुम्ला जिल्लामा मात्र होइन कर्णालीमै परिचित नाम हो।
एमालेमा त उनी गाउँदेखि केन्द्रसम्म परिचित नेतामा पर्छन्। दुईपटक स्थानीय तहको टिकट पाएर पनि पराजित भएका थिए। उनी ०७९ को स्थानीय निर्वाचनमा तातोपानी गाउँपालिकामा एमालेबाट अध्यक्षमा उठेर पराजित भए।
नेतालाई आदर्श मानेर गाउँघरमा धेरै मानिसहरु उसको पार्टीमा जोडिन्छ। तर, शाहीले भने आफ्नै गाउँमा छोरी नाता पर्नेहरूलाई यौनहिंसा र बलात्कार गरेका घटनाहरू बाहिर आउन थालेका छन्।
उनको राजनीति पहुँचका कारण अहिलेसम्म कसैले मुख खोल्न नसके पनि अहिले भने उनकै गाउँका छोरी बहिनीहरू उनले गरेका अपराधविरुद्ध मुख खोल्न थालेका छन्।
उनीहरू अहिले मिडियामा आफैँ आएर उनले गरेका अन्याय अत्याचार र बलत्कारविरुद्ध बोल्न थालेका हुन्।नेता शाहीको यस्तो छ पहिलो घटना
नेता शाहीले दुई वर्ष अगाडि गाउँकै अन्दाजी १६ वर्षकी नाबालिका कालिका माध्यमिक विद्यालय तातोपानी ८ टोप्लामा कक्षा ११ मा अध्ययनरत शान्ति परिवर्तित नाम छोरी नाता पर्नेलाई बलात्कार गरेका थिए। शाहीले आफ्नै छोरी नाता पर्ने गाउँकै बालिका भएकाले समाजको बेइज्जत हुन्छ भन्दै पैसा र खसी दिएर मिलापत्र गरेको अहिले आएर खुलासा भएको छ।
तर, नेता शाहीले त्यो अपराध ढाकछोप गर्नका लागि के कति पैसा दिए भन्ने कुरा कसैले खुलाउन चाहेको छैन। ती बालिकाका बाउआमा गाउँका सोझा साझा मानिन्छन्। त्यो विषयमा गाउँमा चर्चा परिचर्चा भएपनि कानुनी निकायमा भने आउन सकेन। त्यस घटनाबारे कालिका मावि तातोपानी ८ टोप्लाका प्रधानाध्यापक मानबहादुर शाहीका अनुसार त्यतिबेला ती बालिका कक्षा ११ पढ्दै थिइन्। उनले थाहाखबरसँग फोनमा भने,त्यो घटना भएको बेला म सुर्खेत थिएँ।
एमालेका नेता सुरतबहादुर शाहीले ती बालिकालाई करणी गरेको भन्ने हल्ला गाउँमा सुनेको हुँु उनले थपे, ‘ती बालिका अहिले सुर्खेततिर पढ्दै छिन्। अहिले अन्जादी १७ (१८ वर्षकी भइन् होलिन्। त्यो घटना हुँदा उनी १५ देखि १६ वर्षको हुनुपर्ने हो

फेसबुकबाट तपाईको प्रतिक्रिया