प्रधानमन्त्री प्रचण्ड र एमसीसीका प्रमुख कार्यकारी अधिृकत एलिसबीच भेट
१६ आश्विन २०८०, मंगलवार १५:५९
काठमाण्डाै –प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकी सहयोग परियोजना एमसीसीका प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटले आज शिष्टाचार भेट गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उहाँहरुबीच नेपाल–अमेरिका सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
भेटमा नेपालमा कार्यान्वयनको चरणमा रहेका एमसीसी परियोजनाका सम्बन्धमा कुराकानी भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया