डोजर दुर्घटना हुँदा रोल्पामा एक जनाको मृत्यु
१५ आश्विन २०८०, सोमबार १०:०२
१५ असोज, दाङ रोल्पामा डोजर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दाङ राप्ती गाउँपालिका(३ मसुरीयाका २२ वर्षीय अृमत चौधरी रहेका छन् ।
दाङबाट रोल्पा लिबाङ जाँदै गरेको रा१ज ११८७ नम्बरको जेसीबी आइतबार बेलुकी रोल्पा नगरपालिका(१ भदौरे मन्दिर नजिकै घुम्तीमा दुर्घटना परेको हो ।
दुर्घटनामा सहचालक चौधरीको घटनास्थलमै मृत्यु भएको रोल्पा प्रहरी प्रमुख डीएसपी श्याम सारुमगरले जानकारी दिए ।
प्रहरीले जेसीबी चालक २५ वर्षका सोही ठाउँ निवासी सुमन चौधरी नियन्त्रणमा लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया