घरेलु हिंसाका घटनामा कैलाली पहिलो नम्बरमा, कारण यस्तो – Nagarikabhiyan : National News

घरेलु हिंसाका घटनामा कैलाली पहिलो नम्बरमा, कारण यस्तो

धनगढीःसुदूरपश्चिमका नौ जिल्ला मध्ये घरेलु हिंसाका हिसाबले कैलाली, कञ्चनपुर र बझाङ क्रमशः पहिलो, दोस्रो र तेस्रो रहेको पाइएको छ। त्यस्तै, डोटी, बैतडी र अछाम जिल्लामा घरेलु हिंसाका घटना कम हुने गरेको सुदूरपश्चिम प्रदेश प्रहरीको तथ्याङ्कले देखाएको छ। कैलालीमा आर्थिक वर्ष २०७७र७८ मा प्रहरीमा घरेलु हिंसाका १३३ उजुरी दर्ता भएका छन् भने आर्थिक वर्ष २०७८र७९ मा उजुरीको संख्या बढेर ५१३ पुगेको छ।

दुई वर्षमा जिल्लामा ६४६ घरेलु हिंसाका उजुरी प्रहरीमा दर्ता भएका छन्। कैलाली जिल्ला घरेलु हिंसाका घटनामा पहिलो नम्बरमा परेको छ। त्यस्तै, दोस्रो बढी घरेलु हिंसाका उजुरी कञ्चनपुरमा परेका छन्। आर्थिक वर्ष २०७७र७८ मा प्रहरीमा घरेलु हिंसाका २९२ उजुरी परेको कञ्चनपुरमा आर्थिक वर्ष २०७८र७९ मा ३३३ उजुरी प्रहरीमा परेका छन्। दुई वर्षमा कञ्चनपुरमा ६२५ घरेलु हिंसाका घटाना भएको प्रहरी तथ्याङ्कले देखाएको छ।

तेस्रो बढी घरेलु हिंसा बझाङमा हुने गरेको तथ्याङ्कले देखाएको छ। बझाङमा आर्थिक वर्ष २०७७र७८ मा ३१२ र आर्थिक वर्ष २०७८र७९ मा २३२ सहित दुई वर्षमा ५४४ घरेलु हिंसाका घटना घटेको प्रहरीमा दर्ता भएको उजुरीले देखाएको छ। दार्चुलामा दुई वर्षमा १२० घरेलु हिंसाका घटना घटेको पाइएको छ। आर्थिक वर्ष २०७७र७८ मा ४३ र आर्थिक वर्ष २०७८र७९ मा ७७ उजुरी प्रहरीमा परेका छन्।