प्रधानमन्त्रीको भ्रमण पूर्णरूपमा सफल भयो मन्त्री साउद – Nagarikabhiyan : National News

प्रधानमन्त्रीको भ्रमण पूर्णरूपमा सफल भयो मन्त्री साउद

चीन :परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन औपचारिक भ्रमण सफलतापूर्वक सम्पन्न भएको बताएका छन्।प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा सँगै रहेृका मन्त्री साउदले आर्थिक एवं कूटनीतिक दृष्टिकोणले प्रधानमन्त्रीको भ्रमण सफल भएको दाबी गरेका हुन्।

चीनका राष्ट्रपति सी जिन पिङ र प्रधानमन्त्री लि छ्याङसँग भएका द्विपक्षीय भेटवार्ता महत्त्वपूर्ण भएको भएको उनले बताए। साउदले दुईदेशबीच भएका समझदारी एवं सम्झौता पनि नेपालको हित एवं आर्थिक विकासका पक्षमा रहेको जिकिर गरे।

अगामी दिनमा चीनले नेपाललाई उपलब्ध गराउने अनुदान कार्यक्रमलाई प्रभावकारी ढंगबाट अघि बढाउने सहमति भएको छ’, उनले भने,दुई देशका बीच भएका विभिन्न १३ वटा सम्झौता र समझदारी तथा दुई देशबीचका परम्परागत सबै नाका खोल्ने सहमतिको परिणाम आगामी दिनमा नेपालको हितमा आउनेमा विश्वास छ।’

परराष्ट्रमन्त्री साउदले भ्रमणका क्रममा चीनले लामो समयदेखि नेपाललाई उपलब्ध गराउँदै आएका अनुदान परियोजनालाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउने विषयमा कुराकानी भएको र नाका खोल्ने विषयमा चीन सरकार पूर्णरूपमा सहमत भएको बताए। अब नाका खोल्ने विषयको प्रक्रिया छिट्टै अगाडि बढ्ने विषय सुनिश्चित भएको पनि उनको भनाइ छ।

दुई देशका बीचमा त्यति ठूलो सीमा विवाद नभए पनि सीमालाई अद्यावधिक गर्नुपर्ने भएकाले सीमा क्षेत्रमा निरीक्षणका लागि दुवै देशको संयुक्त टोली बनाइ काम गर्ने सहमति भएको मन्त्री साउदले जानकारी दिए