इनरुवामा उराँव समुदायको करम पूर्व सन्ध्या कार्यक्रम इनरुवाका लागि एतिहासिक भएको प्रमुख केदार भण्डारी भनाई
१२ आश्विन २०८०, शुक्रबार १५:२८
इनरुवा-सुनसरी सदरमुकाम इनरुवामा ऐतिहासिक रुपमा छैठौ करम पुजा पूर्व सन्ध्या कार्यक्रम सुरु भएको छ । सुनसरीमा अन्य जिल्लाको तुलनामा बढी बाहुल्य रहेको उराँव समुदायको महान पर्व करम पुजा पूर्व सन्ध्या सांस्कृतिक कार्यक्रम शुरु भएको हो ।
उहाँ बसोबास गर्ने उराँव समुदायले आफ्नो महान पर्व करम पूजाको अवसरमा पूर्व सन्ध्या सांस्कृतिक कार्यक्रम शुरु गरेका हुन् ।
नेपाल उराव आदिवासी जनजाति प्रतिष्ठान सुनसरी इनरुवाको आयोजनामा कार्यक्रम पूर्व इनरुवाको विहीबारे हाटबाट जातिय पहिरण र पोसाक तथा बाजागाजा सहित उराँवहरूले जातीय पहिरनमा ¥याली निकालेका छन । उराँवको महान पर्वको बारेमा जानकारी दिन, संस्कृति , संस्कार तथा मौलिक भाषाको संरक्षण गर्ने र मौलिकता प्रदर्शन गर्ने उद्देश्यका साथ कार्यक्रम शुरु गरेको प्रतिष्ठानका अध्यक्ष बेचन उरावले बताउनुभयो ।
कार्यक्रममा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले उरावहरूको हरेक कार्यक्रमरु इनवाका लागि एतिहासिक भएको उहाँहरुको सहभागीता र आरक्षणका लागि पहल गरिने प्रतिवद्धता जनाउनुभयो । उहाँले उराँवहरूको हक, अधिकार र पहिचानका लागि नगरपालिकाको तर्फबाट हुने सबै खालका सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया