२८ वर्षीया युवतीलाई बलात्कार गरेर घरमा लुकेर बसेको अवस्थामा १३ वर्षीय बालक पक्राउ – Nagarikabhiyan : National News

२८ वर्षीया युवतीलाई बलात्कार गरेर घरमा लुकेर बसेको अवस्थामा १३ वर्षीय बालक पक्राउ

बझाङ –बझाङमा युवती बलात्कार आरोपमा एक बालक पक्राउ परेका छन् । छबिसपाथिभेरा गाउँपालिका बस्ने २८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा १३ वर्षीय बालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शारीरिक रूपमा अशक्त युवतीलाई बलात्कार गरेर फरार भएका बालकलाई पुरानो घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो ।
युवतीमाथि बलात्कार भएको उनकी आमाले देखेपछि घटनाबारे थाहा भएको प्रहरीले जनाएको छ ।