नेपाल र जापान भिड्दै
८ आश्विन २०८०, सोमबार ०७:१९
काठमाडौं : १९ औं एसियाड अन्तर्गत महिला फुटबलमा नेपालले आज जापानको सामना गर्दै छ।
खेल नेपाली समय अनुसार अपरान्ह सवा ५ बजे बजेदेखि हुनेछ।। समूह डी मा रहेको नेपाल पहिलो खेलमा भियतनामसँग २(० गोल अन्तर पराजित भएको थियो। त्यस्तै जापानले आफ्नो पहिलो खेलमा बंगलादेशलाई ८(० गोल अन्तरले पराजित गरको थियो।
फिफाको महिला टिमको वरियतामा जापान आठौँ स्थानमा रहेको छ भने नेपाल १०१औं स्थानमा रहेको छ। एशियन गेम्स अन्तर्गत नेपालले आफ्नो अन्तिम खेल बिहीबार बंगलादेशसँग खेल्ने तालिका रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया