पाँचौ खुल्ला राष्ट्रिय किक बक्सिङ्ग भदौ २१ गतेदेखि ललितपुरमा हुँदै – Nagarikabhiyan : National News

पाँचौ खुल्ला राष्ट्रिय किक बक्सिङ्ग भदौ २१ गतेदेखि ललितपुरमा हुँदै

काठमाडौं । आगामी भदौ २१ गतेदेखि पाँचौं खुल्ला राष्ट्रिय किक बक्सिङ्ग प्रतियोगिता हुने भएको छ । ललितपुर किकबक्सिङ्ग संघ तथा ललितपुर जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा आउँदो भदौ भदौ २१, २२ र २३ गते पाँचौं खुल्ला राष्ट्रिय किकबक्सिङ्ग प्रतियोगिता हुन लागेको हो ।

नेता स्व.गणेशमान सिंहको सम्झनामा प्रत्येक वर्ष आयोजना हुर्दै आएको प्रतियोगिता गोदावरी नगरपालिका वडा नं ११ प्याङ्गगाउँस्थित खेल मैदानमा संचालन गर्न लागिएको ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनले जानकारी दिए ।
उनले उक्त प्रतियोगितामा पुरुष ५० केजी, ५५ केजी, ६० केजी, ६५ केजी, ७० र खुल्ला तौल समूहमा प्रतिस्पर्धा रहने जानकारी दिए ।

त्यस्तै महिला ४५ केजी, ५० केजी, ५५ केजी, ६० केजी, ६५ केजी र खुल्ला तौल समूहमा प्रतिस्पर्धा रहने पनि जानकारी गराएका छन् । यस्तै प्रतियोगितामा प्रथम टिम च्याम्पियनलाई १ लाख, दोस्रो टिम च्याम्पियन ५० हजार र तेस्रो टिम च्याम्पियन २५ हजार पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडि महिला तथा पुरुषलाई जनही २५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कराते, तेक्वान्दो, उसु, बक्सिङ्ग, मुआई थाई किकबक्सिङ्ग, फुल कन्ट्याक्ट कराते, आईटीएफ र सात प्रदेशका राष्ट्रिय स्तरका खेलाडीहरुको सहभागिता रहने छ ।

प्रतियोगिताको अनुमानित कुल बजेट ५२ लाख ८१ हजार ६ सय रुपैयाँ रहेको छ पनि महर्जनले जानकारी दिएका छन् ।