ओलखेतीबाट राम्रो आम्दानी
२३ कार्तिक २०७७, आईतवार २०:०७
प्रधान सम्पादक
जयकृष्ण यादव : इनरुवा
इनरुवा । सुनसरीको हरिनगर गाउँपालिका ४ का किसानहरु ओल खेतीबाट राम्रो आम्दानी गरेका छन् ।
उन्नत जातका ओल खेतीबाट राम्रो आम्दानी गरेका बताएका छन् । विभिन्न तरकारी खेतीसगै यहाँका किसानहरुले ओल खेती लगाएको र प्रति बोटमा ४ केजिदेखी १२ केजीसम्म उत्पादन गरेको किसान रामदेव मेहताले बताउनुभएको छ । हरिनगरमा बेमौसमी र मौसमी खेती गर्दै आएकोमा अहिले ओलबाट प्रति कठ्ठा १५ देखी २४ हजार रुपियाँसम्म आम्दानी गरेको मेहताले बताउनुभयो ।
अन्य तरकारीका लागि उर्वरभूमि मानिएको सुनसरीको हरिनगर गाउँपालिकाका विभिन्न वडाहरुमा किसानहरुले ओल खेती लगाएको र यस वर्षा राम्रो आम्दानी गरेको कृषि सेवा केन्द्र हरिनगरका कृषि प्राविधिक भुवनेश्वर यादवले जानकारी दिनुभयो ।
यादवले गाउँका किसानहरुले ओलबाट राम्रो आम्दानीका साथै खाली जमिन र छाया परेको तथा बास र वृक्षारोपण भएको क्षेत्रमा समेत ओल खेती गरेको जानकारी दिनुभयो । हरिनगर ४ का किसान मनोज कुमार पालले ५ कट्टामा ८० हजार रुपियाँ बराबरको आन्दनी ओलबाटै गर्नुभएको यादवले बताउनुभयो ।
पालले पहिलो वर्ष भएकाले डराईडराई ओल खेती गरेको तर धानको भन्द पाँच गुणा बढी आम्दानी गरेको बताउनुभयो ।
१, सुनसरीको हरिनगर गाउँपालिका ४ का किसान मनोज कुमार पाल आफ्नो ओलखेती देखाउदै ।।
तस्विर : जयकृष्ण यादव
इनरुवा

फेसबुकबाट तपाईको प्रतिक्रिया