प्रधानमन्त्री ओलीले अमेरिकी राष्ट्रपति बाइडेनलाई भने–‘हामी निकट रहेर काम गर्न तयार छौं’
२३ कार्तिक २०७७, आईतवार १०:०५
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतीय निर्वाचनमा जित हासिल गरेकोमा जोय बाइडेन र उपराष्ट्रपति पदमा निर्वाचित कमला ह्यारिसलाई बधाई दिएका छन् ।
आइतबार बिहानै ट्वीट गर्दै प्रधानमन्त्री ओलीले ऐतिहासिक जितका लागि राष्ट्रपति बाइडेन र उपराष्ट्रपति ह्यारिसलाई बधाई दिएका हुन् ।
प्रधानमन्त्री ओलीले नयाँ निर्वाचित अमेरिकी नेतृत्वसँग आफ्नो निकट भएर काम गर्न चाहेको पनि प्रस्ट्याएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया