कालो पहिरन र पट्टीमा देशभर किशोरीहरुको प्रदर्शन – Nagarikabhiyan : National News

कालो पहिरन र पट्टीमा देशभर किशोरीहरुको प्रदर्शन

काठमाडौं । महिला हिंसा र बलात्कारका घटनाविरुद्ध आज (शनिबार) देशभर किशोरीहरुले प्रदर्शन गरेका छन् ।

विभिन्न क्षेत्रमा आबद्ध किशोरीहरुले कालो पहिरन, कालो पट्टी बाँधेर, प्लेकार्ड तथा ब्यानरसहित दिउँसो ३ बजे काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा प्रदर्शन गरेका हुन् ।