सुनसरीमा विहान ७ देखि १० बजेसम्म मात्रै पसल खोल्न पाइने – Nagarikabhiyan : National News

सुनसरीमा विहान ७ देखि १० बजेसम्म मात्रै पसल खोल्न पाइने

इनरुवा  । सुनसरीमा भोलिबाट अत्यावश्यक पसल खोल्न दिइने भएको छ । जारी लकडाउनलाई कडाई गर्दै आएको प्रशासनले भोलिबाट भने अत्यावश्यक सामग्रीको खरिदमा कम असुविधा पर्ने गरी छुट दिन लागेको हो ।

सुनसरी प्रशासनले दैनिक उपभोग्य सामान खरीदमा देखिएको असहजता हटाउँदै साँझ हुने भीडलाई व्यवस्थित गर्न समय निर्धारण गरी अत्यावश्यक सेवा प्रवाहको बन्दोबस्ती मिलाउन लागिएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी राजेश पौडेलका अनुसार विहान ७ बजे देखि १० बजेसम्म बजार पसल खुल्न सक्ने छ । जसकालागि स्थानीय निकाय र उद्योग वाणिज्य संघले समन्वयकारी भूमिका निर्वाह गर्ने छन् ।

प्रजिअ पौडेलका अनुसार उद्योग वाणिज्य संघले आवश्यकताका आधारमा सर्ट लिष्ट जारी गरी तोकिएका पसल मात्रै खोल्न पाइने छन् ।

कुन पसल खोल्ने भन्ने अन्तिम निर्णय भने सम्वन्धित क्षेत्रको उद्योग वाणिज्य संघमा निहित हुने छ । जसले आवश्यकताका आधारमा स्थानीय तहसँगको समन्वयमा निर्णय गर्न सक्ने छ ।