भारतीय सेनाध्यक्षलाई मानार्थ महारथी उपाधि प्रदान
२० कार्तिक २०७७, बिहीबार १७:२८
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरेकी छन् ।

राष्ट्रपति कार्यालयमा बिहीबार आयोजित समारोहमा भारतीय सेनाध्यक्ष नरवणेलाई राष्ट्रपति भण्डारीले मानार्थ महारथीको उपाधि प्रदान गरेकी हुन् ।

नेपाल र भारतबीच एक देशका सेनापति अर्को देशको मानार्थ सेनापति हुने प्रचलन रहीआएको छ ।
तीन दिने नेपाल भ्रमणको लागि बुधबार भारतीय सेनाध्यक्ष नरवणे काठमाडौं आएका थिए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया