थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि, १८ जनाको मृत्यु
२० कार्तिक २०७७, बिहीबार १७:२७
काठमाडौं । मुलुकमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म नेपालमा १ लाख ८५ हजार ९७४ संक्रमितको संख्या पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १८ जनाको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या भने हजार ५२ पुगेको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया