आजको शेयर बजार पौने ३ अर्बको कारोबार – Nagarikabhiyan : National News

आजको शेयर बजार पौने ३ अर्बको कारोबार

काठमाडौं । साताको अन्तिम दिन सेयर कारोबार ४.४७ अंकले घटेको छ । आज २ सय कम्पनीले कारोबारमा २ अर्ब ८४ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

होटल समूह, जलविद्युत समूह, विकास बैंक, जीवन बीमा समूहको सेयर बढेको छ भने सबैभन्दा बढी जलविद्युत समूहको सेयर १३.९३ अंकले बढेको छ । विकास बैंकको ५.५ अंकले बढेको छ भने होटल समूह ४.८६ अंकले बढेको छ ।

अरु समूहमा भने गिरावट आएको छ । ट्रेडिङ समूह १९.०३ अंकले घटेको छ । नीर्जिबन बीमा कम्पनी, बैंकिङ समूह, लघुवित्त लगायत समूहमा गिरावट आएको छ । सबैभन्दा बढी कमाउनेमा सानिमा जनरल इन्सुरेन्स छ भने दोस्रोमा रैराङ जलविद्युत कम्पनी रहेको छ ।

खरिदबिक्री रकममा प्राइम बैंक अगाडी रहेको छ । यसको २० करोड ८४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । दोस्रोमा अरुण काबेली हाइड्रोपावर र तेस्रोमा एभरेष्ट बैंक छ ।