हावाहुरी र वर्षाले मकैं र गहुँबालीमा क्षती , किसान चिन्तित
९ बैशाख २०७७, मंगलवार ११:३२
इनरुवा । सुनसरीमा सोमबार राती र मंगलबार दिनभर आएको हावाहुरी र वर्षाले मकैं र गहुँबालीमा क्षती पुगेको छ । बालीमा क्षती भएपछि यहाँका किसान चिन्तित बनेका छन् ।
राती ११ बजेको समयबाट हावाहुरी र असिना पानी सहितको वर्षाले पुर्याएको क्षतीले किसान मर्कामा परेका छन । जिल्लाको विभिन्न स्थानीय तहमा लगाइएको मकै उत्पादन हुनै लागेको बेला रातीको हाबाहुरी र असिना पानीले किसानको सयौ बिगाहाको मकै लगायत अन्न र तरकारी बाली नष्ट भएको छ ।
क्षतीको यकिन तथ्याङ्गक नभएपनि करोडौको क्षती भएको अनुमान गरिएको छ । सदरमुकाम इनरुवाको बबिया, मधेशा, बलाहा, हरिनगर गाउँपालिका, देवानगञ्ज, वर्जु , कोशी, भोक्राहा नरसिंह, गढी सहितको गाउँपालिकामा लगाएको मकैं र गहुँ बालीमा बढी क्षती भएको किसान रामदेव मेहताले बताउनुभयो ।
किसानहरुको सयौ बिगाहाको मकै, गहु लगायतको अन्न र तरकारी बालीमा हाबाहरी र असिनाले नष्ट गरपछि आफूहरु मर्कामा परेका किसान दिपेन्द्र यादवको भनाई रहेको छ । किसानको आँपलाई समेत क्षती पुरयाएको भने जिल्लाका अधिकास स्थानको दलित बस्तिको घरको छाना हावाहुरीले उडाईदिएको छ ।
यदुवशीं बहुउदेश्य कृषक समूहका अध्यक्ष जसलाल यादवका अनुसार उत्पादन हुन लागेको आफ्नो दुई विघा २ कटठाको मकै सहित समूहका साथीहरुको गरी सयौं विघाको मकैं सखाप भएको छ ।
कोरोना भाईरसको संक्रमण नियन्त्रण गर्न सरकारले लकडाउन गरेको २९ औ दिन पुगिसक्दा समेत अति बिपन्नको घर परिबारमा राहत पुग्न नसकेको अबस्थामा आएको हावाहुरी र वर्षले पुन स्थानीयलाई नराम्री प्रभाव पारेको यादवको कथन छ ।
खेती किसानी गरेर जीबिकोपार्जन गर्दै आएका किसानहरु उत्पादन हुने बेलामा प्रकृतिले समेत धोका दिएको गुनासो गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया