लागू औषध सहित पाँच जना पक्राउ
१८ कार्तिक २०७७, मंगलवार १७:५५
इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीले शुरु गरेको लागूऔषध विरुद्धको अभियान अन्तरगत पाँच जनालाई पक्राउ गरेको छ । प्रहरी कार्यालयबाट खटिईएको टोलीले सोमबार कोशी गाउँपालिका वडा नं. १ राजापोखरी भन्ने स्थानमा भारत तिरबाट नेपालतर्फ आईरहेका तिन जनालाई र इनरुवाबाट दुई जना गरी पाँच जनालाई पक्राउ गरेको हो ।
प्रहरीले सुनसरीको कोशी गाउँपालिका वडा नं.१ लौकहीका १९ वषिर्य मनिष यादव, देश भारत सुपौल जिल्ला बनेलीपट्टी वडा नं. ७ का १९ वर्षिय सुरेश कुमार गुप्ता र कोशी गाउँपालिकाकै १९ वर्षिय महेश कुमार मेहता पक्राउ परेका हुन् । तीन जना मध्ये सुरेशकुमारले वोकेको झोला चेकजाँच गर्दा अबैध लागूऔषध फेला परेको हो । तिनै जनालाई नियन्त्रणमा आवश्यक अनुसन्धान गरी लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिमको कानुनी प्रकृया वढाईएको प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिनुभयो ।
त्यसैगरी इनरुवाबाट लागू औषध सहित दुई जना मानिसलाई पक्राउ गरेको छ । सुनसरी ईनरुवा नगरपालिका ४ ईनरुवा बसपार्कमा २ जनालाई शंकाष्पद अवस्थामा आउदै गरेको देखेकाले शरिर खानतलासी गर्दा लागु औषध पक्राउ गरिएको हो । उनीमध्ये सुनसरी भोक्राहा नरसिंह गा.पा.वडा नं. १ का संजिव उराँवलेलाई पक्राउ गरी लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम जिल्ला अदालत सुनसरीबाट म्याद लिई कानुनी प्रकृया वढाईएको थापले बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया