भारतीय सेना प्रमुखलाई मानार्थ महारथीको उपाधि नदिऔँ : सीपी मैनाली – Nagarikabhiyan : National News

भारतीय सेना प्रमुखलाई मानार्थ महारथीको उपाधि नदिऔँ : सीपी मैनाली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माले)ले भारतीय सेना प्रमुख मणिमुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि दिन नहुने बताएको छ ।

मालेका महासचिव सीपी मैनालीले भारतीय सेना प्रमुख नरवणेलाई मानार्थ महारथी उपाधि दिँदा कालापानी क्षेत्रमा भारतले गरेको नेपाली भुमि कब्जालाई प्रकारान्तरले सामान्य कार्य ठानेको सन्देश जाने बताएका छन् ।

‘त्यति मात्र होइन, नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र भूअखण्डतालाई अनादर गर्ने भारत सरकारको सेनाध्यक्षलाई नेपाली राष्ट्रिय सेनाको ‘मानार्थ महारथी’को पदवीले विभुषित गर्नु किमार्थ पनि उपयुक्त हुँदैन,’ मैनालीले विज्ञप्तिमार्फत भनेका छन्–‘तसर्थ दुई देशका सेनाध्यक्षलाई एक अर्काले ‘मानार्थ महारथी’को पदवीले विभुषित गर्ने प्रचलनलाई नै अन्त्य गरिनुपर्दछ ।