पप गायक भिटेनलाई पक्राउ नगर्न उच्च अदालत पाटनको निर्देशन – Nagarikabhiyan : National News

पप गायक भिटेनलाई पक्राउ नगर्न उच्च अदालत पाटनको निर्देशन

काठमाडौं । उच्च अदालत पाटनले पप गायक भिटेन (समिर घिसिङ) लाई पक्राउ नगर्न आदेश दिएको छ ।

अदालतले गीत, संगीतको विषयमा उनलाई पक्राउ गर्नुपर्ने कारण नदेखिएकोे बताएको छ ।

मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले भिटेनलाई धरपकड नगर्न प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोको नाममा अन्तरिम आदेश जारी गरदिएको अदालतका उप–रजिस्टार शम्भु रेग्मीले जानकारी दिए ।

घिसिङले प्रहरी प्रधान कार्यालय नक्साल र साइबर ब्युरोलाई विपक्षी बनाएर उच्च अदालत पाटनमा १६ कात्तिकमा निषेधाज्ञा सम्बन्धी रिट निवेदन दर्ता गराएका थिए ।