विराटनगरबाट स्रोत नखुलेको रकम सहित तीन जना पक्राउ – Nagarikabhiyan : National News

विराटनगरबाट स्रोत नखुलेको रकम सहित तीन जना पक्राउ

विराटनगर । विराटनगराट श्रोत नखुलेको रकमसहित तीन जना पक्राउ परेका छन् ।  सोमबार विराटनगर–९ चुलाचुली मार्गबाट स्रोत नखुलेको भारतीय रकम सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर (आरआइटी) समुहबाट खटिएको प्रहरी टोलीले मोरङको जहदा गाउँपालिका–७ का २६ बर्षीय रमेश कुमार मण्डल, २२ बर्षीय धर्मेन्द्र कुमार मण्डल र कटहरी गाउँपालिका– ३ का ३० बर्षीय नबि हुसेनलाई पक्राउ गरेको हो ।

चेकजाँचको क्रममा उनिहरूको साथबाट १ लाख ८३ हजार ७ सय ५० रुपैँया भारतीय नोट फेला पारेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनिहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।