काम गर्ने बेलामा मन्त्रालयबाटै हट्नुपर्याे : निवर्तमान स्वास्थ्य मन्त्री
१६ फाल्गुन २०७९, मंगलवार १३:२७
काठमाडौं । निवर्तमान स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले काम सुरु गर्ने बेलामा मन्त्री पदबाट हट्नु परेको बताएका छन् । ४२ दिन मन्त्री रहँदा मन्त्रालयको समस्या कसरी समाधान गर्ने भनेर अध्ययन गरेको र अब काम सुरु गर्ने बेलामा भने आफूले मन्त्रालयबाट बिदा लिनु परेको उनको गुनासो थियो।
स्वास्थ्य पत्रकार मञ्चले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा निवर्तमान मन्त्री गिरीले मन्त्रीका रूपमा आफूले बेथित गरेको समय त्यस क्षेत्रको अध्ययनमा बिताएको पनि स्पष्ट पारे । उनले स्वास्थ्य मन्त्रालयमा धेरै जटिल समस्या छन् भन्ने कुरा मन्त्री भएपछि मात्रै आफूले थाहा पाएको समेत बताए ।
निवर्तमान मन्त्री गिरीले आफूले स्वास्थ्य क्षेत्रको सुधारमा योगदान पुर्याएका पत्रकारहरूलाई पनि सरकारले पुरस्कारसहित सम्मान गर्नुपर्ने कुरालाई अघि बढाउन पहल गरेको बताउनुभयो । त्यस अवसरमा उहाँले स्वास्थ्य क्षेत्रको समस्या समाधानका लागि आफूले सांसदको रूपमा सरकारको ध्यानाकर्षण गराउने भन्दै त्यसका लागि सुझाव दिन पत्रकारहरूलाई आग्रह गर्नुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया