नेपालको राष्ट्रपतिका लागि एसडी मुनीले दिए सम्भावित ४ उम्मेदवारको नाम – Nagarikabhiyan : National News

नेपालको राष्ट्रपतिका लागि एसडी मुनीले दिए सम्भावित ४ उम्मेदवारको नाम

काठमाडौं । भारतीय बुद्धिजीवी एसडी मुनीले नेपालको राष्ट्रपतिका लागि सम्भावित ४ जनाको नाम सुझाएका छन्। नेपालमा भावी राष्ट्रपतिका विषयमा लिएर राजनीतिक सक्रियता बढिरहेका बेला उनले ट्विटरमार्फत् उपयुक्त पात्र भन्दै ४ जनाको सुझाएका हुन्।

आज बिहान उनले ट्वीटरमा लेखेका छन्, ‘नेपालमा सर्वसम्मतीबाट नयाँ राष्ट्रपतिको माग जायज छ। दवेन्द्रराज पाण्डे, प्रा बराल, दमन ढुंगाना, अनुराधा कोइराला जस्ता निर्दोष इमान्दारिता र राजनीतिक संवेदनशीलता भएका निष्पक्ष व्यक्तिहरू राजनीतिक वर्गले मान्न योग्य छन्।’सहमतिबाट राष्ट्रपति चयन गर्ने कुरा जायज रहेको बताउँदै उनले निर्दलीय व्यक्तित्व राष्ट्रपतिका लागि उपयुक्त हुने पनि उल्लेख गरेका छन्।