विराटनगर जेसीजद्वारा मातृत्व प्रदान गरेका शाखाहरूलाई तालिम – Nagarikabhiyan : National News

विराटनगर जेसीजद्वारा मातृत्व प्रदान गरेका शाखाहरूलाई तालिम

विराटनगर । विराटनगर जेसीजले मातृत्व प्रदान गरेका शाखा पदाधिकारीहरूलाई तालिम दिएको छ । शनिबार विराटनगर जेसीजको सभाहलमा तालिम शाखा पदाधिकारीहरूलाई तालिम दिएको हो ।

विराटनगर जेसीजले मातृत्व प्रदान गरेका शाखाहरू टंकीसिनवारी जेसीज, दुहबी जेसीज, धरान जेसीज, ईन्द्रपुर जेसीज, भद्रपुर जेसीज, इनरुवा जेसीज, लहान सिटि जेसीज, जनकपुर जेसीज र राजविराज जेसीज लगायतका शाखाका पदाधिकारीलाई तालिम दिएको हो ।

नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष  सिनेटर श्रीधर बस्याल प्रमुख प्रशिक्षक रहेको तालिममा विराटनगर जेसीजका पुर्व अध्यक्ष सेवक बजगाईँ सह–प्रशिक्षक रहेका थिए ।

विराटनगर जेसीजका अध्यक्ष अभिनास थापाका अनुसार तालिम आयोजना गर्नुको मुख्य उद्देश्य मातृत्व प्रदान गरिएका शाखाहरूसँग भावनात्मक र कार्यगत सम्बन्ध विकास गर्नु हो ।