पश्चिम रुकुम केन्द्रबिन्दु भएर भूकम्प – Nagarikabhiyan : National News

पश्चिम रुकुम केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार शुक्रबार बिहान ८ बजेर ५२ मिनेट जाँदा पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो।

पछिल्लो समय नेपालको उत्तर पश्चिमी क्षेत्र भएर भूकम्प जाने क्रम बढेको छ। भूकम्पको धक्का जाजरकोट, सल्यान लगायत आसपासका जिल्लामा समेत महसुस गरिएको थियो।