दलित उत्थान समिति सुन्दरहरैँचाको अध्यक्षमा कुमार मिजार चयन – Nagarikabhiyan : National News

दलित उत्थान समिति सुन्दरहरैँचाको अध्यक्षमा कुमार मिजार चयन

विराटनगर । दलित उत्थान समन्वय समिति सुन्दरहरैँचाको अध्यक्षमा कुमार मिजार चयन भएका छन् । आइतवार  सम्पन्न साधारण सभाबाट मोरङको सुन्दरहरैँचा नगरपालिका दलित उत्थान समन्वय समितिको अध्यक्षमा मिजार चयन भएका हुन ।
समितिको उपाध्यक्षमा धनराज रसाईली र मदन परियार, सचिवमा माधव शिवा,  सह–सचिवमा कुमार बयलकोटी साथै  कोषाध्यक्षमा दिपा विश्वकर्मा चयन भएका छन् ।

सुन्दरहरैँचा नगरपालिकाभित्र रहेका सबै थरका दलित समुदायको हक अधिकारका लागि निर्माण भएको दलित उत्थान समन्वय समितिको पदाधिकारीहरू सहित १७ जनाको कार्यसमिति चयन भएको अध्यक्ष मिजारले बताए ।

साधारण सभाको क्रममा दलित उत्थान समितिको श्रमदान र नगरपालिकाको सहयोगमा निर्माण भएको  सामुदायिक भवनको पनि उदघाटन गरिएको थियो । प्रमुख अतिथि सुन्दरहरैँचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाँई र विशिष्ट अतिथि पुर्व प्रमुख शिवप्रसाद ढकालले भवनको संयुक्त रूपमा उद्घाटन गरेका थिए ।