चेतना संरक्षण प्रतिष्ठानद्वारा पुरस्कार घोषणा
२३ माघ २०७९, सोमबार १७:४६
विराटनगर । विराटनगरस्थित चेतना संरक्षण प्रतिष्ठान नेपालले विभिन्न पुरस्कारको घोषणा गरेको छ । प्रतिष्ठानले साहित्य, पत्रकारिता, समाजसेवा, ललितकलालगायत विभिन्न क्षेत्रमा हरेक वर्ष दिँदै आएको पुरस्कार घोषणा गरेको हो ।
प्रतिष्ठानकी अध्यक्ष प्राज्ञ गंगा सुवेदीको अध्यक्षतामा बसेको बैठकले १ लाख राशिको साहित्य पुरस्कार डा. तुलसीप्रसाद भट्टराईलाई दिने निर्णय गरेको छ ।
त्यस्तै समाजसेवातर्फ रामजी अधिकारी, पत्रकारितातर्फ तीर्थ कोइराला, सनातन मानवीय धर्म संस्कृतितर्फ डा. गोविन्द टण्डन, ललितकलातर्फ प्रसाद किराँती, युवा प्रतिभातर्फ आश्मा अर्याल र बाल प्रतिभातर्फको पुरस्कार विभूति अधिकारीलाई समर्पण गर्ने निर्णय भएको प्रतिष्ठानले जनाएको छ ।
घोषित पुरस्कार यही माघ २८ गते विराटनगरमा विशेष समारोह आयोजना गरेर समर्पण गरिने प्रतिष्ठानकी अध्यक्ष सुवेदीले बताइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया