सपोर्ट लघुवित्तले ११.५८ प्रतिशत लाभांश दिने
२ माघ २०७९, सोमबार १३:४०

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले ११.५८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । २९ पुस शुक्रबार बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश प्रस्ताव गरेको हो ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि ०.५८ प्रतिशत नगद गरी कुल ११.५८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया