गण्डकीका मुख्यमन्त्री अधिकारीले पाए विश्वासको मत, दिपक मनाङे अनुपस्थित रहे – Nagarikabhiyan : National News

गण्डकीका मुख्यमन्त्री अधिकारीले पाए विश्वासको मत, दिपक मनाङे अनुपस्थित रहे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार प्रदेश संसदमा मुख्यमन्त्री अधिकारीले नेकपा एमालेका २१, माओवादी केन्द्रका ८ र राप्रपाका २ गरी ३१ जना सांसदको विश्वासको मत पाएका हुन् ।

विपक्षमा नेपाली कांग्रेसका २७ सांसदले विपक्षमा मतदान गरेका थिए भने स्वतन्त्र सांसद दीपक मनाङ अनुपस्थित भए । प्रदेशसभाको अध्यक्षता गरेका एमालेकै निर्वाचित ज्येष्ठ सदस्य मित्रलाल बस्याल मतदानमा भाग लिन पाएनन् ।

एमाले संगठन विभाग प्रमुख रहेका अधिकारीलाई २५ पुसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । सत्ता गठबन्धनमा भएको सहमतिअनुसार पाँच वर्षका लागि अधिकारी गण्डकीको मुख्यमन्त्री बन्नेछन् ।