नेपाल टी–२० लिगमा को-को बने उत्कृष्ट ? – Nagarikabhiyan : National News

नेपाल टी–२० लिगमा को-को बने उत्कृष्ट ?

काठमाडौं । नेपाल टी–२० लिग क्रिकेटमा विराटनगर सुपर किंग्सका मोहमद हुसेन तलत सर्वोत्कृष्ट खेलाडी भएका छन् ।

पाकिस्तानका तलतले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी हुँदै ५ लाख रुपैयाँ नगद पुरस्कार पाएका छन् ।

प्रतियोगिताको उत्कृष्ट ब्याटर फारवेष्ट युनाइटेटका हस्मतुल्लाह शाहिदी भए भने काठमाडौं नाइट्सका अभिनास बोहोरा उत्कृष्ट बलर बने ।

बोहराले ११ खेलमा १९ विकेट लिएका थिए ।

उनीहरुले जनही साढे २ लाख रुपैयाँ नगद पुरस्कार पाएका छन् ।

विराटनगरका सूर्य तामाङ उदीयमान खेलाडी बने । उनले १ लाख ८० हजार रुपैयाँ हात पारे । प्रतियोगिताको उपाधि भने विराटनगरले जितेको छ ।