नवनियुक्त राजदूतबाट पद तथा गोपनीयताको शपथ ग्रहण – Nagarikabhiyan : National News

नवनियुक्त राजदूतबाट पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौं । नवनियुक्त राजदूतहरू गेहेन्द्र राजभण्डारी, तापस अधिकारी र रामकाजी खड्काले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

सरकारबाट सिफारिस भई संसदीय सुनुवाइ समितिबाट समेत अनुमोदन भएका तीन जनालाई राष्ट्रपति विद्यादेवी भण्डारीलेसपथ ग्रहण गराएकी हुन्।

सरकारले बेल्जियमसहित युरोपेली युनियनका लागि गेहेन्द्र राजभण्डारी, पाकिस्तानका लागि तापस अधिकारी र जर्मनीका लागि रामकाजी खड्काको नाम सिफारिस गरेको थियो।