धनकुटामा जिप दुर्घटनामा ११ जना घाइते – Nagarikabhiyan : National News

धनकुटामा जिप दुर्घटनामा ११ जना घाइते

धरान । धनकुटाको महालक्ष्मी नगरपालिका–४ बेलटारमा सोमबार यात्रुबाहक जिप दुर्घटना हुँदा ११ यात्रु घाइते भएका छन् ।
घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

संखुवासभाबाट धरानतर्फ जाँदै गरेको को १ ज २२७५ नं.को जिप बिहान ११ बजेर २० मिनेटमा अनियन्त्रित भइ सडकबाट ५० मिटर तल खसेको थियो ।घटनास्थलमा चानुवा र लेगुवा प्रहरी चौकीबाट पुगेका प्रहरीले उद्धार गरेका थिए ।

घाइतेमध्ये सात जनालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । अन्य चार जनाको धनकुटा जिल्ला अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ ।

गाडीका चालक मोरङ बेलबारीका प्रविण कोइरालाईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।