जाडो बढेपछि धनुषाका विद्यालय धमाधम बन्द – Nagarikabhiyan : National News

जाडो बढेपछि धनुषाका विद्यालय धमाधम बन्द

जनकपुरधाम । तराई मधेशमा अत्यधिक चिसो बढेपछि स्थानीय सरकारले धमाधम विद्यालयहरुमा बिदा दिन थालेको छ ।

धनुषामा जनकपुरधाम उपमहानगरपालिकाले तीन दिन र सबैला नगरपालिकाले पाँच उपमहानगरपालिकाको विपद् व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले उपमहानगर भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु पुस २० गतेदेखि २२ गतेसम्म तीन दिन जाडो बिदा दिने निर्णय गरेको हो ।

उपमहानगरका शिक्षा युवा तथा खेलकुद शाखाका वरिष्ठ उपसचिव मिहिलाल यादवले मंगलबार एक सूचना जारी गर्दै जानकारी गराएका हुन् । तीन दिनको जाडो बिदा शैक्षिक क्यालेण्डरमा उल्लेखित पुस २७ देखि माघ तीन गतेसम्मको जाडो बिदाबाट कट्टा गर्ने व्यवस्था मिलाएको उनले बताए ।

यस्तै सबैला नगरपालिकाले आजदेखि पुस २३ गतेसम्मको लागि नगरभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द गरेको हो ।

सबैला नगरप्रमुख कारीराम यादवले एक सूचना जारी गर्दै सोमबार बसेको नगर कार्यपालिकाको बैठकले जाडो बिदा कट्टा हुने गरी पाँच दिनको लागि विद्यालयहरुमा बिदा दिएको जानकारी गराएका छन् ।

अत्यधिक चिसो बढ्दा बालबालिकालाई विद्यालय आउन जान तथा पठनपाठनमा असहज भइरहको भन्दै पालिकाहरु धमाधम बिदा दिन थालेको हो ।

तराई मधेशमा केही दिन यता चिसो बढ्दा जनजीवन कष्टकर बनेको छ ।