आईजीपी नियुक्ति प्रकरण : सर्वाेच्चद्वारा विश्वराज पोखरेलले दायर गरेको रिट खारेज
३१ असार २०७९, शुक्रबार १६:५५
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) मा सरकारले आफूभन्दा जुनियर धिरजप्रताप सिंहलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध सर्वाेच्च अदालतमा अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले दायर गरेको रिट खारेज भएको छ ।
शुक्रबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले एआईजी पोखरेलले दायर गरेको रिट खारेज गरेको हो ।
इजालसले सिंहलाई आईजीपी नियुक्त गर्ने सरकारको निर्णय कानुनसम्मत भएको पनि ठहर गरेको छ। साउन २० गतेदेखि अनिवार्य अवकाशमा जाँदै गरेका एआईजी पोखरेलसामु अब प्रहरी प्रधान कार्यालयमा हाजिर हुने वा राजीनामा दिने दुईमध्ये एक विकल्प बाँकी रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया