‘प्रेजेन्टर्स एसोसियशन अफ नेपाल’ को अध्यक्षमा विवेक खतिवडा – Nagarikabhiyan : National News

‘प्रेजेन्टर्स एसोसियशन अफ नेपाल’ को अध्यक्षमा विवेक खतिवडा

काठमाडाैं । रेडियो, टेलिभिजन तथा स्टेज कार्यक्रमका प्रस्तोताहरुले ‘प्रेजेन्टर्स एसोसियशन अफ नेपाल’ संस्थाको घोषणा गरेको छ । काठमाडौंस्थित सांस्कृतिक संस्थानमा पत्रकार सम्मेलन आयोजना गरि संस्थाको औपचारिक घोषणा गरिएको हो ।

टेलिभिजन, रेडियो तथा स्टेजमा समेत प्रस्तोताको रुपमा कार्यरत संचारकर्मीहरुले विवेक उपाध्यायको अध्यक्षतामा ११ सदस्यीय कार्यसमित गठन गरेको गरेको छ । वरिष्ठ उपाध्यक्षमा मल्भिका सुब्बा रहेकी छन् ।

अध्यक्ष विवेक खतिवडाका अनुसार मानार्थ सदस्य काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोललाई राखिएको छ । वरिष्ठ संचारकर्मीं रमा सिंह, माइकल चन्द र कोमल वलीलाई संरक्षकको रुपममा मनोनयन गरिएको छ ।

यस्तै संचारकर्मी भूषण दाहाल, प्रभात रिमाल, हरिशरण लामिछानेलाई मानार्थ सदस्यका रुपमा मनोनयन गरिएको छ ।

अन्य पदाधिकारीहरुमा उपाध्यक्ष विवेक सिंह ठकुरी, महासचिवमा जीपी तिमलसेना र कोषाध्यक्षमा निर्णय श्रेष्ठ रहेका छन् । सदस्यहरुमा सुगारीका के.सी., बिना श्रेष्ठ, उरुषा जोशी, अमन प्रताप अधिकारी, खुस्बु प्रधान र सुवेक्षा खड्का रहेका छन् ।