परराष्ट्र मन्त्रालयले भन्यो, ‘प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण अपेक्षित’
१९ असार २०७९, आईतवार १५:२३
काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अपेक्षित भएको स्पष्ट पारेको छ । आइतबार मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे नेपाल सरकारको औपचारिक धारणा स्पष्ट पारेकी हुन् ।
‘भ्रमणको कुरा चलिरहेको छ, यो भ्रमण अपेक्षित छ’, प्रवक्ता लम्सालले भनिन्, ‘भ्रमणका लागि विभिन्न चरणमा गृहकार्य गर्नुपर्ने भएकाले मिति तय हुन समय पनि लाग्छ । उपयुक्त समयमा यसबारे थप जानकारी दिनेछौं ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया