इनरुवा नगरपालिका अनिश्चितकालका लागि बन्द – Nagarikabhiyan : National News

इनरुवा नगरपालिका अनिश्चितकालका लागि बन्द

इनरुवा । सुनसरीको इनरुवा नगरपालिकाले भोली बिहिवारबाट अनिश्चिकालका लागि कार्यालय बन्द गरेको छ ।

इनरुवा नगरपालिकाले बुधवार एक सूचना जारी गर्दै इनरुवा नगरपालिका र वडा कार्यालयका केही कर्मचारीहरुमा कोरोना संक्रमण देखिएकोले भोली बिहिवारबाट अनिश्तिकालका लागि बन्द गरिएको जनाएको छ ।

इनरुवा नगरपालिका र वडा कार्यालयका केही कर्मचारीहरुमा कोरोना संक्रमणको उच्च जोखिममा रहेको र केही दिन यता समुदाय स्तरमै कोरोना संक्रमण बढ्दो क्रममा रहेकोले यसलाई नियन्त्रण र रोकथामका लागि इनरुवा नगरपालिका र यस अन्र्तगतका सबै कार्यालयहरुबाट प्रवाह हुने सेवा आन्तरीक र अत्यावश्यक सेवा बोहकका सबै प्रकारका सेवाहरु मिति २०७७/०६/२९ गते बिहिवारदेखी अर्को सूचना प्रकाशन नभएसम्मको लागि बन्द गरिएको जनाएको छ ।

कोरोना जोखिम रोकथाम र नियन्त्रणमा सहयोग गरिदिन हुन सम्पूर्ण नगरबासी र सरोकारवालाहरुमा इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहताद्धारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

छिमेकी उपमहानगरपालिका इटहरी र धरानमा केही जनप्रतिनिधि, कर्मचारी र स्थानीयमा कोरोना भाइरस (कोभिड १९) देखिएको र त्यस लगतै इनरुवामा समेत एकपछि अर्कोलाई कोरोना पुष्टी हुने क्रम बढेकाले नगरपालिका सहित १० वटै वडा कार्यालय भोलीबाट बन्द गरिने भएको छ ।