अवैध लागुऔषध सहित चार युवक पक्राउ
२५ आश्विन २०७७, आईतवार १९:३३
राजविराज । सशस्त्र प्रहरीले सप्तरीको छिन्नमस्ताबाट अवैध लागुऔषध सहित आज चार जना युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सप्तरीको छिन्नमस्ता गाउपालिका– ३ महुवाका २७ बर्षीय सुभाष यादव ,सोहि ठाउका २२ बर्षीय सनोज कुमार यादव ,१९ बर्षीय राजेश कुमार साह र राजविराज नगरपालिका वडा न.२ का २० बर्षिय राम कुमार यादव रहेका छन ।
भारतबाट नेपालतर्फ लुकिछीपी लागुऔषध ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय सखडाको संयुक्त टोलिले अवैध लागुऔषध गाँजा सहित ती युवाहरुलाई पक्राउ गरेको सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक(एसपी) राजु श्रेष्ठले जानकारी दिनुभयो ।
पक्राउ परेका उनीहरुको साथबाट १० ग्राम गाँजा सहित नाइटोजन टयावलेट १५ थान ,५ थान कोरेक्स र क्याप्सुल बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान कार्यका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
छिन्नमस्ता लगायत भारतीय सिमानाहरुमा केही समय यता अवैध लागू औषध तस्करीहरु सक्रिया भइरहेकोले सप्तरी प्रहरीले आफनो सुरक्षा ब्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया