स्टेचरमा बोकेर भोट हाल्न लगिएका वृद्धको मृत्यु – Nagarikabhiyan : National News

स्टेचरमा बोकेर भोट हाल्न लगिएका वृद्धको मृत्यु

बैतडी । शुक्रबार स्टेचरमा बोकेर मतदान गर्न ल्याइएका एक वृद्धको मृत्यु भएको छ । बैतडीको पाटन नगरपालिका ६ कृष्ण माविको मतदानस्थलमा बोकेर मतदान गर्न ल्याइएका कमल सिंह विष्टको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार
उनलाई स्टेचरमा बोकेर मतदानस्थलमा ल्याउदा मतदान स्थलमै मृत्यु भएको हो।

मतदान स्थलमा अकस्मात बेहोस भएका वृद्धको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यसअघि बिहान दोगडाकेदार गाउँपालिकाको सनातन धर्म मावि श्रीकोट मतदान केन्द्रमा भोट हाल्न गएका ८४ वर्षीय एक वृद्धको पनि मृत्यु भएको थियो ।