प्रहरीले सोधपुछ गरेर छाड्यो धर्मेन्द्र बास्तोलालाई
२९ बैशाख २०७९, बिहीबार ११:१३
काठमाडौं । नेकपा ९बहुमत० का संयोजक धर्मेन्द्र बास्तोलालाई प्रहरीले सामान्य सोधपुछ गरेर छोडेको छ । दाङको भालुवाङबाट गएराति उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरीले स्थानीय तह निर्वाचन बिथोल्न सक्ने भन्दै उनलाई नियन्त्रणमा लिएको थियो । साथै बुटबलमा भएको विस्फोटको विषयलाई लिएर प्रहरीले बास्तोलालाई पक्राउ गरी सोधपुछ गरेको हो । सोधपुछका क्रममा बास्तोलाले आफूहरु स्थानीय निर्वाचन बिथोल्ने कुनै तयारीमा नरहेको बताएपछि उनलाई प्रहरीले छाडेको जनाइएको छ ।
उनले प्रधानमन्त्री र गृहमन्त्रीसँग हिरासतबाटै फोन गरेपछि माथिबाटै छाड्नका लागि दबाब रहेको समेत बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया