सुनसरीमा १३५ कोरोना संक्रमित थपिए – Nagarikabhiyan : National News

सुनसरीमा १३५ कोरोना संक्रमित थपिए

इनरुवा । सुनसरीमा अहिले सम्मकै उच्च संख्यामा कोरोना संक्रमित बढेको छ । सुनसरीमा १३५ संक्रमित भएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

कार्यालयका अनुसार सुनसरीको धरानमा ५३ महिला ६१ पुरुष, इटहरीमा ५ महिला ३ पुरुष, बराहक्षेत्र र दुहवीमा २–२ पुरुष, भोक्राहानरसिंहमा २ महिला, गढी, हरिनगर, रामधुनी, इनरुवामा १–१ पुरुष, बर्जुमा १ महिला र स्थानीय तह नखुलेका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।