इनरुवामा नेकपा नेताहरुलाई कोरोना
२२ आश्विन २०७७, बिहीबार १५:५५
इनरुवा । नेपाल रेडक्रस सोसाइटी इनरुवा उपशाखाका अध्यक्ष एवं नेकपा नेता रामप्रसाद मेहतालाई कोरोना पुष्टि भएको छ । मेहता असोज १९ गते सोमवार पिसिआर परीक्षणका लागि स्वाव दिएका थिए । उनको स्वाव संकलन भएपछि असोज २ राती नै रिपोर्ट पोजेटिभ आएको थियो ।
नेता मेहतालाई सामान्य टाउँको दुख्ने र ज्वरो आएपछि पिसीआर परीक्षणका लागि स्वाव दिएपछि उनको रिपोर्ट पोजेटिभ आएको थियो । मेहताले आफुलाई कोरोना पुष्टि भएपछि बिराटनगरको बिराट टिचिङ्ग हस्पिटलमा उपचार गराईरहेको बताउनुभयो ।
अहिले ज्वरो नआएको र सामान्य जिउ दुख्ने गरेको बताएपनि अरु कुनै पनि लक्षणहरु देखा नपरेको बताउन’भयो । आफुलाई कोरोना पुष्टि भएको खबर आउने बितिकै बिराटनगरको अस्पतालमा भर्नामा भएको र अहिले खासै कुनै समस्या नरहेको समेत बताउनुभयो ।
आफु केही दिन अघि भोक्राहा नरसिंह र साविकको जल्पापुर र हालको इनरुवा नगरपालिका वडा नम्बर १० मा नेकपाको एक कार्यक्रममा सहभागि भएको समेत स्वीकार गरेका छन् । भोक्राहा नरसिंह गाउँपालिकामा असोज १० गते र इनरुवा नपा वडा नम्बर १० मा असोज १२ गते नेकपाको कार्यक्रमा सहभागि भएको बेला कुनै लक्षण देखा नपरेको समेत बताएका छन् ।
कोरोना पोजेटिभ रिपोर्ट आएकोले आफुसँग कन्ट्रयाक्ट ट्रेसिङ्गमा रहेका सबैलाई पिसीआर परीक्षण गर्नका लागि अनुरोध समेत गरेका छन् । मेहता सहित इनरुवा नगरपालिकाका जनप्रतिनिधि डम्बर बल्भ भण्डारी र समाजसेवी प्रेमप्रसाद पौडेललाई समेत कोरोना पोजेटिभ देखिएको छ । मेहता, भण्डारी र पौडेलको कोरोना पुष्टि भएपछि शुभचिन्तकहरुले शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया