जाजरकोटको जुनिचाँदेमा यात्रुवाहक जीप दुर्घटना, ५ जनाको मृत्यु – Nagarikabhiyan : National News

जाजरकोटको जुनिचाँदेमा यात्रुवाहक जीप दुर्घटना, ५ जनाको मृत्यु

जाजरकोट । जुनिचाँदेमा यात्रुवाहक जीप दुर्घटना भएको छ ।

जाजरकोटको जुनिचाँदेमा यात्रुवाहक जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो । सदरमुकाम खलङ्गाबाट आज बिहान गएको यात्रुवाहक जीप दिउँसो जुनीचाँदे को वडा नं १ काप्रामा सडकबाट तल खोलामा खसेको प्रहरीले जनाएको छ ।

दुई जना बेपत्ता भएका छन् । जाजरकोट प्रहरी प्रमुख किशोरकुमार श्रेष्ठका अनुसार दुर्घटनामा पाँच जनाको मृत्यु भएको र एक जना घाइते भएको खबर आएको छ । दुर्घटनाको खबर आउनेबित्तिकै प्रहरी घटनास्थलतर्फ गएको उनले बताए ।