भैसीपालक किसानद्वारा अनुदानको माग – Nagarikabhiyan : National News

भैसीपालक किसानद्वारा अनुदानको माग

इनरुवा । सुनसरीका भैसीपालक किसानले भैसी किसानलाई अनुदानको ब्यवस्था गर्नुपर्ने माग गरेको छ । जिल्लामा वर्षौदेखी बाख्रा, बंगुर, माछा र गाईपालक किसानलाई अनुदान र राहतको कार्यक्रम गर्दै आएको भएपनि भैसीपालक किसानलाई उपेक्षा गरेको गुनासो गर्दै अनुदानको ब्यवस्था गर्न माग गरेका हुन् ।

जिल्ला सदरमुकाम इनरुवा सहित दक्षिणवर्ती क्षेत्रका किसानहरु भैसी पालन गर्दै आएको भएपनि हालसम्म कुनै कार्यक्रम आफुहरुले नपाएको गुनासो गरेका हुन् । जिल्लामा पाँच हजार बढी भैसीपालक किसानहरु भएपनि हालसम्म कुनै पनि किसानलाई अनुदान नदिएको गुनासो इनरुवा नगरपालिका ९ का किसान दिपेन्द्र यादवले गुनासो गर्नुभयो ।

आफुहरुले वर्षौदेखी भैसी पालन गर्दै आएको भएपनि उत्तरी क्षेत्रका किसानलाई रागा सहितको अन्य पशुपालन गर्न अनुदान दिएपनि आफुहरुलाई नदिएको गुनासो यादवको छ । उता कोशी गाउँपालिकाका सयौं किसानले भैसी पालन गर्दै आएको भएपनि भैसी उत्थानका लागि कुनै पनि कार्यक्रम नपाएको गुनासो गरेका छन् । सरकारी कार्यक्रमहरु आफुहरु कहाँ नआएको कोशी गाउँपालिका ५ का फुदीलाल यादवले गुनासो गनुर््भयो ।

कोशीका भैसीपालक किसानहरु बैजनाथ यादव, देवकृष्ण यादव, सुरेन्द्र यादव, हरेराम यादव, लक्ष्मण यादव, इन्द्रदेव यादव, शत्रुघन यादव, गोसाई यादव, पशुपति यादव, सुधिर यादव, दुखीलाल यादव, जोगिन्द्र यादव, सन्तोष यादव, सिताराम साह सहितका सयौं किसानले कोशी गाउँपालिकालाई भैंसी जोन क्षेत्र बनाउनुपर्ने माग गरेका छन् ।

मानव अधिकार समुहसँग किसानहरुले खाद्यय अधिकार सुनिश्चित गर्नका लागि पशुपालन गर्दै आएको र यसमा उन्नत र आधुनिकिकरण गर्न आवश्यक रहेको भन्दै भैसीजोनका लागि पहल गरिदिन आग्रह गरेका छन् । मानव अधिकार समुहका सचिव पप्पु यादव समक्ष कोशीका ८ वटै वडाका भैसीपालक किसानले भैसीजोन वा भैसी पोकेट क्षेत्र बनाउन र अनुदान कार्यक्रम ल्याउन पहल गरिदिन आग्रह गरेका छन् ।

स्थानीय नेता तथा भैसी किसान लक्ष्मण दहियारले पशुपालन गर्ने किसानको हबको रुपमा रहेको कोशी गाउँपालिकालाई भेटेनरी अस्पताल तथा पशुविज्ञ केन्द्र सुनसरीले उपेक्षा गर्दै आएको गुनासो गर्नुभयो । यसैबीच कोशीका उराँव समुदायले कोशी गाउँपालिकामा बंगुर पकेट कार्यक्रमको लागि पहल गरिदिन आग्रह गरे
को छ । उराँव समुदायको सघन बस्ती रहेको र आयआर्जनको श्रोत बंगुर पालन रहेकाले बंगुरमा अनुदानका लागि कोशीमा बंगुर पकेट कार्यक्रम ल्याउनुपर्ने उराँवहरुले माग गरेका छन् ।